You are viewing the translated version of निकासी वा पैठारी गर्न सकिने.

Section 25
निकासी वा पैठारी गर्न सकिने
(१) निकासी वा पैठारी गरिने मालवस्तुको निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टले दफा २३ बमोजिम महसुल बुझाएको प्रज्ञापनपत्र वा रसिद प्राप्त गरेपछि र दफा १८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित मालवस्तुको हकमा भन्सार अधिकृतले जाँच गरी वा गराई लैजाने अनुमति दिएपछि मात्र त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न सक्नेछ ।

(२) कसैले विद्युतीय माध्यमबाट सफ्टवेयर निकासी गरेकोमा निकासी सम्बन्धी सम्झौता, बीजक र सम्बन्धित पैठारीकर्ताबाट भुक्तानी प्राप्त भएको प्रमाण समेतको आधारमा नेपाल राष्ट्र बैङ्कले प्रमाणित गरेपछि मात्र त्यस्तो सफ्टवेयर निकासी भएको मानिनेछ ।